८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । केहि दिनयता घटदै आएको सुन बिहीबार पुन: बढेको छ । बिहीबार सुन तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ भने चाँदी ११ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी तोलामा ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ बुधबारको तुलनामा ३० रुपैयाले बढेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया