सामसुङको आम्दानी दोब्बरले बढ्यो
दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ ।
समसुङ्ले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जून महिनामा ७७।२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ ।
यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व सङ्कलनलाई सङ्केत गरेको छ ।
यस वर्षको पहिलो त्रैमासिकमा ७७.७८ खर्बले वन (५९.७ अरब डलर) रेकर्ड गरिएको राजस्वभन्दा भने सामान्य कमी हो ।
कम्पनीको यो बर्षको सञ्चालन मुनाफा १२.२ प्रतिशतले बढेर दोस्रो त्रैमासिकमा १४.०९ खर्ब वन ९१०.८ अर्ब डलर पुगेको जनाइएको छ । यो दोस्रो त्रैमासिकको लागि तेस्रो सबैभन्दा उच्च नाफा हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया