लगातार दोस्रो जितसँगै नेपाल फाइनलनजिक, दबाबमा भारत
काठमाडौं । भारतमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार साँझ श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले हराएको थियो ।
साफ यु–२० मा नेपालको सानदार सुरुवात, माल्दिभ्सलाई ४–० ले हरायो
नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिसरत्न छुन्जु र मनग्य नकर्मीले एक–एक गोल गरे ।
जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट ६ अंक जोडेको नेपाल फाइनलनजिक पुगेको छ ।
श्रीलंकाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १–० गोल अन्तरले हराएको थियो ।
प्रतियोगितामा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशका छन् ।
शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । यस्तोमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा छन् ।
नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ । बंगलादेशसँग हारेको आयोजक भारत जित्नैपर्ने दबाबमा छ ।
यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । यो खेल आगामी मंगलबार हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया