फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा, उपाधिका लागि इंग्ल्याण्डसँग भिड्ने
काठमाडौं । जर्मनी इंग्ल्यान्डमा जारी महिला युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको दोस्रो सेमिफाइनलमा फ्रान्सलाई २–१ गोल अन्तरले हराउँदै जर्मनी उपाधिनजिक पुगेको हो ।
जर्मनीलाई फाइनलमा पुर्याउन एलेक्सान्ड्रा पोप्प नायक बनिन् ।

पोप्पले खेलको ४० औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएकी थिइन् ।
तर,४४ औं मिनेटमा जर्मनीकी मेर्ले फ्रोह्म्सले आत्मघाती गोल गर्न पुगिन् । यसले गर्दा खेल १–१ गोलको बराबरीमा आयो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा पोप्पले नै व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाइन् ।
अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्याण्डको सामना गर्नेछ ।
स्विडेनलाई ४–० ले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो । इंग्ल्याण्ड र जर्मनीबीचको फाइनल खेल जुलाई ३१ मा हुनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया