भदौ १ देखि सिसडोल र बञ्चरेडाँडामा काठमाडौंको फोहर फाल्न नदिने घोषणा
काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेदेखि सिसडोल र बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहर फाल्न नदिने घोषणा गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले ३१ साउनसम्म आफूहरूको माग पूरा नभएको खण्डमा भदौ १ बाट घोषणा फोहर फाल्न नदिने घोषणा गरेको हो ।
समितिका संयोजक श्रीराम ढुंगानाले मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको आरोप लगाउँदै अब आफूहरू पछि नहट्ने बताए ।
सरकार र महानगरले फोहोरमैलाको बलिवेदीमा चढाएर लाखौं स्थानीय जनताको नरसंहार गर्ने काम गरिरहेको उनले आरोप लगाए ।
‘मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्रमध्ये अब सरकारले एउटा मात्रै छान्न सक्नेछ,’ चेतावनी दिँदै ढुंगानाले भने ।
सरकार र महानगरले एकैपटक धोका दिएको उनको भनाइ थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया