सिके राउत अब ‘आनन्द मैत्रय’ !
काठमाडौं । कुनैबेला देश नै टुक्र्याउने मुद्दामा लागेका डा. सिके राउतले सन्यासी रुप धारण गरेका छन् । उनी आशोको सन्यासी बनेका हुन् ।
तराईलाई अलग्गै देश बनाउन हिंसात्मक आन्दोलन गर्नेसमेत उनले चेतावनी दिने गरेका थिए । यसै मुद्दामा उनी पक्राउसमेत परे ।
तर, राउत ०७५ मा हिंसाको बाटो त्यागेर शान्ति पक्रियामा आए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्ति सम्झौता गरेका राउतले त्यसपछि जनमत पार्टी गठन गरे । स्थानीय निर्वाचनमा पनि सहभागी भए । यद्यपि, उनको पार्टीले जनकारवाहीजस्ता हिंसात्मक गतिविधि भने कायमै राखेको थियो ।
उनै राउत अहिले शान्ति खोज्दै काठमाडौंको ओशो तपोवन पुगेका छन् ।
राउत रानीवनस्थित ओशो तपोवनमा नौ दिनसम्म पूर्णरुपमा मोबाइल अफ गरेर ध्यानमा बसे । नौ दिन ध्यान पूरा गरेपछि उनले बुधबार सन्यास धारण गरेका हुन् ।
सन्यासपछि राउतले नयाँ नाम ‘आनन्द मैत्रय’ पाएका छन् । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट, पूर्वअभिनेत्री शोभिता सिम्खडाका साथमा राउत सेतो बस्त्र, ओशोको तस्बिर रहेको माला लगाएर ‘ग्रिन टी’ पिउँदै गरेको उनको तस्बिर सार्वजनिक भएको छ ।
सन्यास धारणपछि सार्वजनिक भएको तस्बिरमा उनी निकै आनन्दित देखिएका छन् ।
केही दिनअघि राउतले भोजन गरेपछि भाँडावर्तन सफा गरिहेको तस्बिर बाहिरिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया