बाबुरामले दर्ता गराए नयाँ दल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएका डा. बाबुराम भट्टराईले नयाँ दल दर्ता गराएका छन् ।
उनले आज निर्वाचन आयोगमा गएर नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन् । निर्वाचन आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइएको उनीनिकट स्रोतले जनाएको छ ।
जसपाको संघीय परिषद् अध्यक्ष रहेका भट्टराईले पार्टीमा विवाद भइपछि नयाँ दल खोल्ने तयारी गरेका थिए ।
नयाँ पार्टीको चुनाव चिन्ह पनि आँखा हुने भएको छ । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया