राजस्थानमा भारतीय वायुसेनाको विमान दुर्घटना
काठमाडौं । भारतीय वायुसेनाको मिग–२१ लडाकु विमान राजस्थानको बारमेर जिल्लामा बिहीबार राति दुर्घटनाग्रस्त भएको छ ।
समाचार एजेन्सी पीटीआईले बारमेरका जिल्ला मजिस्ट्रेट लोकबन्धुलाई उद्धृत गर्दै बैतुको भीमदा गाउँ नजिकै विमान दुर्घटना भएको जनाएको छ ।
विमानमा दुई पाइलट सवार रहेको बताइएको छ । पीटीआईका अनुसार यस दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ ।
भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएका दुवै पाइलटको मृत्युमा शोक व्यक्त गर्दै परिवारसँग उभिन आग्रह गरेको छ।
सोही क्रममा वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।
एएनआईका अनुसार रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेना प्रमुख एयर चिफ मार्सल बिआर चौधरीसँग दुर्घटनाबारे जानकारी लिएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया