उड्नेबित्तिकै यतीको जहाजको इन्जिनमा समस्या देखिएपछि पोखरा फर्काइयो
काठमाडौं । आज विहान पोखराबाट काठमाडौंका लागि ‘टेक अफ’ गरेको यती एयरलाइन्सको एटिआर ७२ जहाजको इन्जिनमा खराबी देखिएपछि पोखरा फर्काइएको छ ।
एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज उडेको ६ मिनेटमै इन्जिनमा समस्या देखिएको थियो । ‘जहाजको इन्डिकेटरले बायाँ इन्जिनले रेड लाइट देखायो,’ उनले भने, ‘थप जोखिम नमोल्ने भनेर जहाजलाई पोखरा नै फर्काइएको हो ।’
विहान ८ बजे पोखराबाट उडेको जहाजमा ४५ जना यात्रु सवार थिए । हाल जहाज इन्जिनियरहरूको निगरानीमा रहेको उनले बताए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया