साफ यु–१७ फुटबल : समूह चरणमै नेपालको भेट भारतसँग
काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप फुटबलको समूह चरणमै नेपालको भेट चिरपरिचित प्रतिद्धन्द्धी भारतसँग हुने भएको छ ।
सेप्टेम्बर ५ देखि श्रीलंकामा आयोजना हुने उक्त प्रतियोगिताको हालै भएको समूह विभाजनमा नेपाल भारतसँग परेको हो ।
नेपाल परेका समूह ’बी’ मा भारतसँगै तुलनात्मक सहज प्रतिद्धन्द्धी भुटान पनि परेको छ ।
यस्तै समूह ’ए’ मा आयोजक श्रीलंकासँगै माल्दिभ्स र बंगलादेश रहेका छन् ।
यु–१७ साफ हुन एक महिनाभन्दा बढी समय छ । यद्यपि, नेपालले खेलाडी छनोट गरिरहेको छ ।
उर्जन श्रेष्ठ यु–१७ राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक छन् ।
महिला साफ च्याम्पियनसिप : समूह चरणमा को–को छन् नेपालका प्रतिद्धन्द्धी ?
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया