सिके राउतपछि कुलमान पनि लागे सन्यासी हुने बाटोमा (५ तस्बिरसहित)
काठमाडौं । डा. सिके राउतपछि नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ पनि ओशो तपोवनमा ध्यानका लागि पुगेका छन् ।

ध्यानका लागि उनी शनिबार काठमाडौंको रानीवन गएका हुन् । यसको जानकारी उनीसँगै रहेकी अभिनेत्री सोभिता सिंखडाले दिएकी हुन् ।

‘उहाँले पूर्ण रुपमा यहाँका नियमहरू पालना गर्दै तन, मन लगाएर ध्यान गरिरहनु भएको देख्दा यस कार्यक्रमको एक शिक्षक र संयोजक भएको नाताले एकदमै खुसी महसुस गरेकी छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

यसअघि कुनैबेला तराईलाई अलग्गै देशको माग गर्दै हिंसामा लागेका डा. राउत पनि ओशो तपोवन पुगेका थिए ।

नौ दिन तपस्या गरेपछि उनले सन्यासी रुप धारण गर्दै आनन्द मैत्रय नाम पाएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया