६२० मा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको संक्रमणका कारण मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २९७ कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ७० हजार ६२ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २५ हजार ४३६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या चार हजार ५६७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६७ पुगेको छ । होम आइसोलेशनमा चार हजार ४२४, संस्थागत आइसोलेशन १४३ र आइसियू ३३ र भेन्टिलेटरमा पाँच संक्रमित रहेका छन् ।
हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ र कास्की छन् । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ६०५ र ललितपुर ५०५ र भक्तपुरमा ३७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया