टीभीएसले ल्यायो ‘बबाल फाइनान्स अफर’
काठमाडाैं । नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ ‘बबाल फाइनान्स अफर’ ल्याएको छ । जगदम्बा मोटर्सले आकर्षक सुविधा सहितको योजना सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत ग्राहकहरूले टीभीएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउन पेमेन्ट सुविधामा अथवा न्यूनतम ईएमआई क्रमशस् जुपिटरमा तीन हजार ९०८ रुपैयाँ, एनटोर्क स्क्वायड एडिसनमा पाँच हजार २५४ रूपैयाँ र अपाचे आरटीआर २०० फोर भीमा ६ हजार ८२२ रूपैयाँमा खरिद गर्न सक्नेछन् । त्यसैगरी, अपाचे आरटीआर २०० फोर भीको नगद खरिदमा ग्राहकले टीभीएस रेसिङ ज्याकेट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्यांकन गराउने टीभीएसले जानकारी दिएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले झन्झटमुक्त प्रक्रियाबाट टीभीएस मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया