सलमान खानलाई मुम्बइ प्रहरीले दियो ‘गन लाइसेन्स’
एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई मुम्बइ प्रहरीले हतियार राख्नका लागि लाइसेन्स दिएको छ । केही दिनअघिमात्रै सलमानले आत्मरक्षाको लागि भन्दै हतियार राख्ने अनुमति माग गरेका थिए । गत ५ जुनमा सलमानलाई ज्यान मार्ने धम्की आएको थियो ।
उक्त धम्की आएदेखि उनी आफ्नो सुरक्षाका विषयमा चिन्तित छन् । सुरक्षालाई मध्यनजर गर्दै सलमानले आफ्नो कारलाई पनि ‘अपग्रेड’ गराएका छन् । उनले आफ्नो ल्याण्ड क्रुजर कारलाई बुलेटप्रुफ बनाएका छन् र गाडीमा आर्मर लगाएका छन् । कारको सिसालाई पनि बुलेटप्रुफ बनाइएको छ ।
आफ्ना बाबु सलिम खानसँग मर्निङ वाकमा रहेकोबेलामा सलमानलाई ज्यानमार्ने धम्की आएको थियो । धम्की आएसँगै प्रहरीलाई खबर गरेपछि मुम्बइ प्रहरीले उनको सुरक्षा निगरानी बढाएको थियो । हाल उनी ‘कभी ईद कभी दिवाली’ को सुटिङमा व्यस्त छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया