पुनः घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?
काठमाडौं । भारतीय आयल कर्पोरेस (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य पुन: घटाएर नेपाल आयल निगमलाई पठाएको छ ।
निगमले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको जनाएको छ । आइओसीले पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेर आएको छ । यसअघि पनि आइओसीले डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा र पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा घटाएर सूची पठाएको थियो ।
उक्त मूल्य घटाएर पठाए पनि आयल निगमले भने मूल्य समायोजन गरेको थिएन ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारी छ । आयल निगमले पनि उच्च घाटा व्योहोर्दै आएको छ । निगमका अनुसारु अहिले निगम मासिक चार अर्ब ३२ करोड घाटामा छ ।
यसर्थ भारतबाट मूल्य घटेर आएपनि निगमले भने मूल्य घटाउने स्थिति देखिँदैन ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया