स्वागत नेपालले ओलीविरुद्ध चुनाव लड्ने

काठमाडौं । सुशासन र राष्ट्रियताको वकालत गरिहेका अभियन्ता स्वागत नेपालले आगामी संसदीय निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लड्ने घोषणा गरेका छन् ।
उनले ओलीको क्षेत्र झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
राइट टु रिजेक्टका प्रणेता तथा अधिवक्तासमेत रहेका नेपालले उन्नत लोकतान्त्रिक पार्टी गठन गरेका छन् । त्यसैको तर्फबाट साझा उम्मेदवारको रुपमा आफूले चुनाव लड्न चाहेको उनले बताएका छन् ।
देशैभरका स्वतन्त्र समूह, सक्षम व्यक्तित्वहरू संसद्मा पुगेर एमसिसी र नागरिकता विधेयकका राष्ट्रघाती मुद्दा खारेज गर्ने, राइट टु रिजेक्ट, रिकल लगायतका एजेण्डामा सहमत सबै साथीहरूको साथ रहने उनले विश्वास गरेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया