चलचित्र ‘परदेशी २’ को ‘के बर मागी फर्केऊ’ गीत सार्वजनिक
काठमाडौं । असोज १४ गते प्रर्दशनमा आउने चलचित्र ‘परदेशी २’ को ‘के बर मागी फर्केऊ’ गीत सार्वजनिक भएको छ । चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् ।
गीतमा निशान भट्टराईले स्वर दिएका छन् । चलचित्रको गीतमा अभिनेत्री केकी अधिकारी र गायक तथा अभिनेता प्रकाश सपुतले अभिनय गरेका छन् । रमेश पौडेलको शब्द रहेको गीतमा निर्देशक रायमाझीले संगीत भरेका हुन् ।
चलचित्रमा केकी र प्रकाशका साथै दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको पनि अभिनय रहेको छ। यो गीत रामभक्त जोजिजुले गाएको गीत ‘के बर मागी फर्केऊ भन’ लाई रिमेक गरिएको हो।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया