फिफा विश्वकप २०२६ छनोटको ढाँचा परिवर्तन
काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको ढाँचा परिवर्तन भएको छ । विश्वकप र एएफसी एसियन कप २०२७ को एसिया छनोटको ढाँचा परिवर्तनसहित सोमबार सार्वजनिक भएको हो ।
२०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा विश्वकप आयोजना गर्दैछन् । जसमा ३२ बाट बढाएर ४८ टोलीले खेल्न पाउनेछन् ।
यसर्थ, एसियाली फुटबल महासंघ (एएफसी) सार्वजनिक गरेको नयाँ ढाँचाअनुसार एसियाबाट ८ टोली सिधै विश्वकपमा छनोट हुनेछन् । यसअघि ४ वा ५ वटामात्र छनोट हुने गर्थे ।
यद्यपि, यो पटकको विश्वकपमा आयोजक कतारसहित ६ टोलीले सहभागिता जनाउनेछन् ।
२०२६ को विश्वकपमा एसियाको एक टोलीले अन्तरमहादेशीय प्ले अफ पनि खेल्नेछ । सो जितेमा विश्वकपमा छनोट हुने एसियाली देशको संख्या ९ पुग्नेछ ।
नयाँ ढाँचाअनुसार विश्वकप पुग्नका लागि चार चरणको छनोट खेल्नु पर्नेछ ।
पहिलो चरणमा एसियाका २६ देखि ४७ औं वरीयतासम्मका टोलीले खेल्ने छन् ।
यसको अर्थ नेपालले नेपालले पहिलो चरणदेखि नै खेल्नु पर्ने हुन्छ ।
नेपाल फिफाको एसियाली वरीयताको ३६ औं स्थानमा छ । चौथो चरणबाट उत्कृष्ट ११ टोलीले दोस्रो चरण पार गर्नेछन् ।
यी छनोट पार गर्दै गएका नेपालले विश्वकप र एसिया कप खेल्नेछ । यद्यपि, नेपालको स्तर अहिले नै विश्वकप त परै जाओस् एसियन कप खेल्ने हैसियत पनि नभएको
स्वयम् मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बताउने गर्छन् ।
यस्तो छ नयाँ ढाँचा :

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया