पुनर्वासमा जङ्गली हात्ती मृत फेला
कञ्चनपुर । पुनर्वास नगरपालिका–२, अमरैयामा एक जङ्गली हात्ती आज दिउँसो मृतावस्थामा फेला परेको छ । कुण्डा सबडिभिजन वन कार्यालय पचकडियाका सहायक वन अधिकृत दिनेशकुमार यादवका अनुसार दोदा नदी नजिकैको खल्लास्थित स्थानीय किसानको उखु बारीभित्र जङ्गली वयस्क हात्ती मृतावस्थामा फेला परेको हो ।
तीन दिन अघिदेखि हात्ती यस क्षेत्रमा निरन्तररूपमा देखिँदै आएको थियो । स्थानीय बासिन्दा र वन कार्यालयका कर्मचारीले हात्तीलाई लालझाडी संरक्षण क्षेत्रतर्फ फर्काउने प्रयास गर्दासमेत फर्केको थिएन ।
‘हात्ती बिरामी रहेछ,’ अधिकृत यादवले भने, ‘मृतावस्थामा भेटिएको छ ।’
हात्तीको के कति कारणले मृत्यु भएको भन्नेबारे भेटेरिनरी चिकित्सकले जाँच गरेपश्चात् मात्रै थाहा हुने उनले बताए । मृतावस्थामा फेला परेको हात्तीको वन कार्यालयका कर्मचारी र प्रहरीको टोलीले संयुक्तरूपमा घटनास्थलको मुचुल्का तयार गरेका छन ।
मृत हात्तीको उमेर करिब १० वर्ष रहेको बताइएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया