अमेरिकी ड्रोन हमलामा अलकायदा प्रमुखको मृत्यु
काठमाडौं (एजेन्सी) । अमेरिकाले अफगानिस्तानमा गरेको ड्रोन हमलामा परी अलकायदाका नेता आयमान अल जवाहिरी मारिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जवाहिरीको ड्रोन आक्रमणमा परी मृत्यु भएको पुष्टि गरेका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको थियो । यही अपरेसन दौरान अल जवाहिरीको मृत्यु भएको हो ।
अधिकारीहरूका अनुसार ड्रोन हमलाको सिकार हुनुपूर्व जवाहिरी सुरक्षित घरको बालकनीमा थिए । त्यहाँ ड्रोनबाट दुईवटा मिसाइल प्रहार गरिएको थियो।
जवाहिरीको परिवारका सदस्यहरू पनि घरमा रहेको तर कसैलाई चोटपटक नलागेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
बिन लादेन र जवाहिरीले नै अमेरिकामा मे ९ र ११ मा आक्रमणको योजना बनाएका थिए । अमेरिकाले जवाहिरीलाई मोस्ट वान्टेड आतंकवादी मानेको थियो ।
बाइडेनले भने, ‘जवाहिरीको हात अमेरिकी नागरिकहरू विरुद्धको हत्या र हिंसाको रगतले लतपतिएको थियो। अब जनताले न्याय पाएका छन् र यो आतंकवादी नेता अब जीवित छैनन्।’
राष्ट्रपति बाइडनले ७१ वर्षीय अलकायदा नेताविरुद्ध निर्णायक हमलालाई स्वीकृत गरेको बताए । सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि अल–कायदाको नेतृत्व जवाहिरीले गरेका थिए ।
तालिबानले अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय नियम र सिद्धान्तको स्पष्ट उल्लङ्घन भनेको छ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया