सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावल सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार सोमबार १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया