अब को बन्ला अलकायदाको प्रमुख, चर्चामा छ यी खुँखार आतंककारीको नाम
काठमाडौं (एजेन्सी) । ओसामा बिन लादेनको मृत्युपछि अल–जवाहिरी अल–कायदाको सिंहासनमा आए। संगठनको नेतृत्व सम्हालेको एक दशकपछि अमेरिकी ड्रोन हमलाबाट जवाहिरी पनि मारिए । त्यसैले यो आतंककारी कारखानाको प्रमुख को होला ? अहिले सर्वत्र चर्चा छ ।
आतंकवादीहरूको संगठन अलकायदामा एक नेता मारिनेबित्तिकै नेतृत्व गर्नेको कमी भने छैन । एकसे एक नेता यसभित्र छन् । त्यसैले जवाहिरीको हत्यासँगै विभिन्न नाम चर्चामा अाएका छन् ।
अनेक नाममध्ये सैफ अल–अदेल एक हाे । उनी अलकायदाको संस्थापक सदस्यमध्ये एक हुन् ।
विन लादेन र अल जवाहिरीले अल अदेल ओसामालाई निकै विश्वास गर्ने बताइन्छ । सेप्टेम्बर ११ मा भएको अमेरिकी हमलामा पनि उनको भूमिका रहेकाे बताइन्छ ।
अल अदेल आतंकको संसारको पुरानो नाम हो। उनी इजिप्टको सेनाका पूर्वअधिकृत हुन्। उनी आफूलाई ‘स्वार्ड अफ जस्टिस’ पनि भन्छन् ।
एफबीआईले उनलाई मोस्ट वान्टेडको सूचीमा समावेश गरेको छ र टाउकोको मोल एक करोड तोकेको छ ।
उनी सन् १९८० को दशकको अन्त्यतिर आतंकवादी समूह मक्ताब अल–खिदमतमा सामेल भएको अनुमान छ ।
अल– अदेललाई सोमालियाको मोगादिसुमा सन् १९९३ मा सञ्चालन गरिएको कुख्यात ‘ब्ल्याक हक डाउन’ अपरेशनका कारण पनि सम्झिने गरिएको छ । उक्त अपरेशनमा १९ अमेरिकी सैनिक मारिएका थिए । जतिबेला उनी मात्रै ३० वर्षका थिए ।
ओसामा बिन लादेनको हत्यापछि एक प्रमुख रणनीतिकारका रूपमा उनले भूमिका निर्वाह गर्दै आएको विश्वास गरिन्छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया