देउवाका ज्योतिषिले खुलाए जनार्दन शर्मा निर्दोष सावित हुनुको राज
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषि सुरेशचन्द्र रिजालले बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरूलाई छिराएको प्रकरणमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले सफाइ पाउनुको राजबारे खुलासा गरेका छन् ।
उनले हालै सामाजिक सञ्जालमार्फत आफ्नो ज्योतिषीय दृष्टिकोण राख्दै शर्मा निर्दोष छन् भन्ने पुष्टि हुनु पार्टी र उनी स्वयम्का लागि भाग्यमा चन्द्रमा दाहिने हुनु भएको बताएका छन् ।
शर्माको दाहिने चन्द्रमाको प्रभाव भने प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई योगको विपरीत प्रभाव पर्ने प्रबल सम्भावना रहेको रिजालको दाबी छ ।

‘अर्थमन्त्री जनार्दन शर्मा निर्दोष छन् भन्ने पुष्टि हुनु पार्टी र उहाँ स्वयम्का लागि भाग्यमा चन्द्रमा दाहिने हुनु हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शर्माको दाहिने चन्द्रमाको प्रभाव भने प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई योगको विपरीत प्रभाव पर्ने प्रबल सम्भावना रहेको छ । दाहिने चन्द्र हुनु नै शक्तिशाली राजयोग हो ।’
बजेट निर्माण प्रकरणमा मुछिएपछि शर्माबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको थियो । शुक्रबार प्रतिवेदन सार्वजनिक भएसँगै उनले सफाइ पाएका हुन् ।
रवि लामिछानेको पार्टी घोषणाको साइतबारे के भन्छन् देउवाका ज्योतिषि ?
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया