रवि लामिछानेको पार्टी घोषणाको साइतबारे के भन्छन् देउवाका ज्योतिषि ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषि सुरेशचन्द्र रिजालले तीन ठूला शक्तिशाली ग्रह शनि, शुक्र र बृहस्पति एक्लाएक्लै बलियो अवस्थामा रहेको समय पारेर रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेको बताएका छन् ।
माओवादीपछि २७ वर्षमा पुनः विभिन्न मुद्दा बोकेको पार्टी घोषणा भएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।
ज्यातिषि रिजालले देशले अझै राजनेता खोजिरहेकाले लामिछानेले नयाँ दल खोलेका बताएका छन् ।

‘तीन ठूला शक्तिशाली ग्रहहरू शनि, शुक्र र बृहस्पति एक्लाएक्लै बलियो अवस्थामा रहेको समय पारेर नयाँ पार्टीको घोषणा भएको छ । ०५२ सालबाट माओवादीले पनि परिवर्तनका लागि भनेर विभिन्न मुद्दा उठाएर जनयुद्धको घोषणा भएको थियो । २७ वर्षपछि पुनः देशमा नयाँ पार्टीको घोषणा भएको छ । अतः देशले अझै राजनेतको खोजी गरिरहेको छ,’ उनले फेसबुकमा लेखेका छन् ।
पूर्वसञ्चारकर्मी लामिछानेले मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल खोलेका छन् ।
देउवाका ज्योतिषि भन्छन्, ‘प्रचण्डको २७ वर्षअघिको ज्योतिषीय योग पुनः दोहोरिँदैछ’
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया