इराकी प्रधानमन्त्रीले गरे सबैलाई वार्तामा आउन आह्वान
बगदाद । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले वार्ताका लागि आन्दोलनरत पक्षहरुलाई आह्वान गरेका छन् । हाल इराकमा देखिएको राजनीतिक गतिरोधको अन्त्यका लागि सबै पक्षलाई वार्तामा बोलाउँदै उनले राष्ट्रिय रुपमा सबै पक्ष वार्तामा बसेर नै अहिलेको राजनीतिक सङ्कटको समाधान गर्न सकिने बताएका हुन् ।
उनको कार्यालयले सोमबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा आन्दोलनमा रहेका सबै पक्षलाई राष्ट्रिय वार्तामा आउन आग्रह गरिएको छ र वार्ताकै माध्यमबाट सबै समस्याको हल गर्न सकिन्न भनिएको छ ।
मोहमद सिया अल सुडानीलाई प्रधानमन्त्री नियुक्त गरिएको विरोधमा त्यहाँको एक मुस्मिल समुदायले आल्दोलन गरिरहेको छ । सो समुदायले कहिले संसद् भवनभित्रै छिरेर प्रदर्शन गर्ने त कहिले सडकमा हिंसात्मक प्रदर्शनहरु गर्ने गरेको छ । सो समूहले शनिबारदेखि संसदमा नै अनसन सुरु गरेको छ । जुलाई २५ मा उनलाई प्रधानमन्त्री नियुक्त गरेपछि त्यसको विरोधमा यो आन्दोलन सुरु गरिएको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया