३८ जनालाई ठगी गर्ने मेनपावरविरुद्ध झण्डै दुई करोड ८० लाख बिगो मागदाबीसहित मुद्दा दायर
काठमाडौं । आकर्षक तलव–सुविधासहित वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेरिगोल्ड ओभरसिज प्रालि नामक मेनपावरका सञ्चालकसहित सातजनाविरुद्ध बबरमहलस्थित वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता भएको छ ।
मेरिगोल्डका सञ्चालकहरू रवीन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला, यामबहादुर र कर्मचारी अमीर थुलुङलगायत सातजनाविरुद्ध दुई करोड ७९ लाख २२ हजार ८०० बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको मंगलबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभागले जनाएको छ ।
उनीहरूले युक्रेनलगायतका देश लैजाने भनी राजेन्द्र डोटेलसहित ३८ जनालाई ठगी गरेका थिए ।
उनीहरूले आकर्षक तलब सुविधाको आश्वासन दिनेभन्दै ठगी गरेका हुन् । वैदेशिक रोजगार ऐन अनुसार उनीहरूले ठगी गरेको पुष्टि भएकोले मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
यसैले क्षतिपूर्ति बापतको ९३ लाख सात हजार ६ सयसमेत गरी दुई करोड ७९ लाख २२ हजार ८ सय रुपैयाँ प्रतिवादीहरूबाट पीडितलाई दिलाउन माग दाबी गर्दै मंगलबार न्याधिकरणमा मुद्दा दायर भएको हो ।
यसरी ठगीमा पर्नेमा राजेन्द्र डोटेलसहितका ३८ जना छन् । उनीहरूलाई कसैलाई पनि वैदेशिक रोजगारीमा नपठाई मेनपावरले ठगी गरेको हो ।
हेरौं विज्ञप्ति :

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया