नेपाललाई अब माल्दिभ्सको भर
काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशले बराबरी खेलेका छन् ।
भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेका हुन् ।
दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए । खेलमा अग्रता भने बंगलादेशले लिएको थियो । खेलको ६३ औं मिनेटमा पियास नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६८ औं मिनेटमा निरञ्जन मल्लले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसअघि खेलमा झडप भएपछि नेपाल ९ र बंगलादेश १० खेलाडीमा समेटिएका थिए ।
यस बराबरीसँगै ४ खेलमा ७ अंक जोडेको नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।
नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
बंगलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ ।
अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नु पर्नेछ ।
यदि, माल्दिभ्सले भारतलाई हराएका नेपाल फाइनलमा पुग्नेछ ।
भारतले जित वा बराबरी गरेको खण्डमा भने नेपाल बाहिरिने छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया