६ लाख घुससहित पक्राउ परेका उपसचिवको गाडीमा भेटियो थप साढे १६ लाख
काठमाडौं । घुससहित पक्राउ परेका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ ।
यसअघि ६ लाख घुससहित रंगेहात पक्राउ परेका उनको गाडीबाट थप १६ लाख बरामद गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
यससँगै उपसचिव नेपालको साथबाट साढे २२ लाख बरामद भएको छ ।
अख्तियारको टोलीले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया