सन्दीप बिग बासको ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बिबिएल)को १२ औं संस्करणको ड्राफ्टमा परेका छन् ।
बिबिएलले बुधबार सामाजिक सञ्जालमार्फत सन्दीप ड्राफ्टमा रहेको जानकारी दिएको हो ।
यसअघि पनि बिबिएल खेलिसकेका सन्दीप यो पटक पनि ड्राफ्टमा अटाउने एक्लो नेपाली खेलाडी बनेका छन् । उनले चार संस्करणका बिबिएल खेलिसकेका हुन् ।
सन्दीप रिटेनको लागि पनि उपलब्ध रहेको बिबिएलले जनाएको छ ।
बिबिएलको इतिहासमै खेलाडी ड्राफ्ट पहिलोपटक हुन लागेको हो । यो आगामी भदौ १४ गते हुनेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया