दासानायकेले दिए भावुक सन्देश, गरे सन्दीपको प्रशंसा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाटबाट राजीनामा दिएका पुबुदु दासानायकेले भावुक सन्देश दिएका छन् । गत बुधबारमात्र नेपाली टोलीको प्रशिक्षकबाट राजीनमा दिएका दासानायकेले शुक्रबार सामाजिक सञ्जालमार्फ नेपाली क्रिकेट र समर्थकलाई भावुक सन्देश दिएका हुन् ।
दासानायकेले वर्तमान कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोलीले भविश्यमा सफलताको आकाश छुने बताएका छन् ।
उनले असल र खराब दुवै समयमा आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।
‘मेरो शुभचिन्तक ती हुन्, जसले मलाई राम्रो र खराब दुवै समयमा साथ दिए । आलोचनाले मलाई भोलिको दिनमा अझ राम्रो गर्न प्रेरणा दिन्छ । नेपाली क्रिकेट युवा कप्तान सन्दीप लामिछानेको कुशल नेतृत्वमा रहेको छ । सन्दीप र अहिलेको टोलीले आकाश जत्तिकै अनन्त सम्भावना बोकेको छ । नेपाली क्रिकेटको हिस्सा हुन पाउँदा धन्य छु’, उनले लेखेका छन् ।
नेपाली टोलीबाट राजीनामा दिएलगत्तै दासानायके क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
श्रीलंकन मुलका क्यानेडियन नागरिक दासानायके दोस्रोपटक नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । नियुक्ति भएको ८ महिनामै उनले राजीनामा दिएका हुन् ।
दासानायकेलाई नेपालका एक सफल क्रिकेट प्रशिक्षकको रुपमा लिइन्छ । तर, दोस्रो कार्यकालमा उनी सफल भएनन् ।
उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा आइसिसी टि–ट्वान्टी विश्वकप खेलेको थियो । हालसम्म यो नै पहिलो र एकमात्र विश्वकप बनेको छ ।
यद्यपि, उनको दोस्रो कार्यकाल भने सोचेजति सफल हुन सकेन । यसले गर्दा उनी आलोचनाको शिकार पनि बनिरहेका थिए ।
नेपाली टोलीबाट राजीनामा दिएलगत्तै दासानायके क्यानडाको प्रशिक्षक नियुक्त
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया