विमानस्थलका प्रवक्ताको दाबी, ‘पक्राउ परेका व्यक्ति आतंकवादी होइनन्’
काठमाडौं । भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति आतंकवादी नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दाबी गरेको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले नेपालवाचसँग कुरा गर्दै उनी उजुरी परेका व्यक्ति भए पनि आतंकवादी नै नभएको बताए ।
यसअघि नेपाल प्रहरीले भने उनलाई आतंकवादी भएको आशंकामा पक्राउ परेको दाबी गरेको थियो ।
यसको खण्डन गर्दै प्रवक्ता सिटौलाले भने, ‘पक्राउ परेका व्यक्ति सुन व्यापारी हुन् । उनीविरुद्ध कैलाली जिल्ला अदालतमा उजुरी परेको पाइएको छ । त्यसैले कैलाली
प्रहरीले दिएको सूचनाका आधारमा पक्राउ गरिएको हो । मलाई जानकारी भएअनुसार उनी आतंकवादी होइनन् ।’
काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचना आएपछि…
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया