विमानस्थलका प्रवक्ताको दाबी, ‘पक्राउ परेका व्यक्ति आतंकवादी होइनन्’
काठमाडौं । भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति आतंकवादी नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दाबी गरेको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले नेपालवाचसँग कुरा गर्दै उनी उजुरी परेका व्यक्ति भए पनि आतंकवादी नै नभएको बताए ।
यसअघि नेपाल प्रहरीले भने उनलाई आतंकवादी भएको आशंकामा पक्राउ परेको दाबी गरेको थियो ।
यसको खण्डन गर्दै प्रवक्ता सिटौलाले भने, ‘पक्राउ परेका व्यक्ति सुन व्यापारी हुन् । उनीविरुद्ध कैलाली जिल्ला अदालतमा उजुरी परेको पाइएको छ । त्यसैले कैलाली
प्रहरीले दिएको सूचनाका आधारमा पक्राउ गरिएको हो । मलाई जानकारी भएअनुसार उनी आतंकवादी होइनन् ।’
काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचना आएपछि…
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया