बेन्फिका र आयाक्सले बराबरी खेले
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगिज क्लब बेन्फिका र डच महारथी आयाक्सले २–२ गोलको बराबरी खेलेका छन् ।
खेलको १८ औँ मिनेटमै डुसान टेडिकले आयाक्सलाई अग्रता दिलाएका थिए ।
तर, २६ औँ मिनेटमा सेबास्टियन हालारले आत्घाती गोल गरेपछि खेल बराबरीमा आयो ।
यद्यपि, हालारले नै २९ औँ मिनेटमा गोल गर्दै आयाक्सलाई २–१ अग्रता दिलाए ।
त्यसपछि रोमन आरेमचुकले ७२ औँ मिनेटमा गोल गर्दै घरेलु टोली बेन्फिकालाई हारबाट जोगाए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया