गगन र बालेनबीच चार विषयमा छलफल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ ।
आफूले प्रमुख शाहसँग बुधबार भेट गरेको महामन्त्री थापाले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
भेटमा काठमाडौंको फोहर–मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका चार विषयमा अर्थपूर्ण छलफल भएको महामन्त्री थापाले बताएका छन् ।
उनले काठमाडौं महानगरको सकारात्मक पहलकदमीमा आफ्नो साथ निरन्तर रहनेसमेत प्रतिबद्धता जनाएका छन् ।
‘हिजो काठमाडौं महानगर प्रमुखज्यूसँग काठमाडौंको फोहोर–मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो । काठमाडौं महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ,’ थापाले फेसबुकमा लेखेका छन् ।
सत्ता गठबन्धनबीच तालमेल भए पनि काठमाडौं ४ मा गगनलाई चुनाव जित्न कसरी हुँदैछ कठिन ?
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया