एमसिसीमा छलफल अघि प्रचण्डको दौडधुप, प्रधानमन्त्रीसँगको भेट सकियो
काठमाडौं । संसदमा टेबल भएको एमसिसीमा छलफल अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रृंखलावद्ध छलफल गरेका छन् ।
प्रचण्डले नेकपा एकीकृत समाजवादका अध्यक्ष माधव नेपाल र झलनाथ खनाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटेपछि प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटेका हुन् ।
भेटमा आजदेखि संसदमा छलफल हुने एमसिसीबारे छलफल भए पनि दुवै पक्षले के भयो भन्नेबारे बाहिर केही पनि ल्याएका छैनन् ।
प्रधानमन्त्रीले एमसिसी पास गर्नमा सत्तारुढ दलमा सहमति नजुटे एमालेको सहयोग लिएर भए पनि पास गर्ने नीति लिएपछि प्रचण्डले दौडधुप थालेका हुन् ।
संसद बैठक आजै १ बजे बस्दैछ । एमसिसीमा छलफल हुने भएपछि बानेश्वरस्थित संसद भवनको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया