अर्थमन्त्री शर्माको प्रेस विज्ञमा धिताल नियुक्त
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रेस विज्ञको रुपमा जनादेश साप्ताहिकका पूर्व सम्पादक मनऋषि धिताललाई नियुक्त गरेका छन् ।
अर्थमन्त्री सचिवालय स्रोतका अनुसार पत्रकार मनऋषि धिताल अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञको रुपमा नियुक्त भएका हुन् । जुम्लाका धिताल अस्ट्रेलियामा बसे पनि पत्रकारितामै क्रियाशील थिए ।
करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय धितालले अर्थमन्त्रालयलाई सञ्चार माध्यममैत्री र सञ्चार जगतसँग अझै नजिक ल्याउने विश्वास गरिएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया