विवाह गर्न बाध्यकारी छैन भन्दै चर्चित गायिका मेलिना राईले तोडिन् इन्गेजमेन्ट
काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेको घोषणा गरेकी छिन् । संगीतकर्मी सञ्जीव बराइलीसँग केही महिना अघि गरेको इन्गेजमेन्ट तोडेको घोषणा राईले सामाजिक संजालमार्फत गरेकी हुन् ।
आफूहरूबीच वैचारिक पक्षमा मतभेद हुँदा विचार मेल खान नसकेको र यो निर्णयमा पुगेको उनले प्रष्ट्याएकी छिन् ।
‘केही समय अगाडि मैंले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो’ उनले भनेकी छिन्, ‘एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन । धेरै समीक्षा आत्मासमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’
उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा नभएको पनि बताएकी छिन् ।
‘फेरि सबै इन्गेजमेन्टहरू विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्वजनिक गर्दछु’ विषय इन्गेजमेन्ट तोडिएको जानकारी विषयमा उनले भनेकी छिन्, ‘यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्रार्थी छु, साथै भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’ गत वैशाख २ मा मेलिनाले प्रेमी सार्वजनिक गरेकी थिइन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया