पाँच महिनापछि चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव संसदमा पेस हुँदै
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रतिनिधिसभामा आज पेस हुँदैछ । राजनीतिक दलहरूले महाभियोग लगाएको पाँच महिनापछि यससम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा पेस हुन लागेको हो । चोलेन्द्रविरुद्ध गत फागुन १ गते विभिन्न २१ अभियोगसहित संसद् सचिवालयमा महाभियोग दर्ता गरिएको थियो ।
संसद् सचिवालयमा दर्ता कुनै पनि महाभियोग प्रस्ताव एक सातामा प्रतिनिधिसभामा प्रस्तुत गर्न योग्य हुन्छ । तर सभामुख अग्निप्रसाद सापकोटाले यसललाई छलफलमा नलगेर थाती राखेका थिए । जसको आलोचना हुँदै आइरहेको छ ।
संघीय संसद सचिवालयले कार्यसूची सार्वजनिक गर्दै आइतबार बिहान ११ बजे बस्ने बैठकमा चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव पेस गर्ने उल्लेख गरेको छ ।
संघीय संसद सचिवालयमा महाभियोग प्रस्ताव पेस भएपछि यसबारे छलफलको समय तोकेर महाभियोग सिफारिस समितिमा पठाउनुपर्ने प्रावधान छ । समिति यस्तो विषयले प्रवेश पाएको तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया