एमसिसीको विरोधले बानेश्वर क्षेत्र तनावग्रस्त
काठमाडौं । एमसिसीको विरोधमा प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोडफोड गरेपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादीसहितका दल र भ्रातृ संस्थाका कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
कुनै हालतमा एमसिसी पास गर्न नहुने भन्दै विरोधमा प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरालाई तोड्दा संसद भवन क्षेत्र रहेको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो ।
प्रदर्शनकारीले ब्यारिकेड तोड्दै प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले अश्रु ग्यास र पानीको प्रहार गरेको छ । केहीबेर प्रदर्शनकारी र प्ररीबीच मुडभेड भएको थियो ।
यस अघि नै संसदमा टेबल भएको एमसिसीको विषयमा बिहीबारबाट सैद्धान्तिक छलफल हुने कार्यसूची थियो । छलफलका लागि बोल्न चाहने सांसदलाई ५ मिनेटको समय पनि तोकिएको थियो ।
तर बैठक सुरु हुने अन्तिम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया