विदेशिएका जगजितले पोखे फुटबलरको वास्तविक पीडा
काठमाडौं । फुटबलमा भविश्य नदेखेपछि विदेशिएका नेपाली फुटबलर जगजित श्रेष्ठले सामाजिक सञ्जालमा भावुक स्टाटस राखेका छन् ।
नियमित खेल नहुँदा खेलाडी बेरोजगार हुनु परेको र विदेशिन बाध्य भएको उनले बताएका छन् ।
‘एउटा केटो लिग खेल्छ । देशकै शीर्ष खेलाडीको स्तरमा पुग्छ । लिग सकिन्छ , केटो घर फर्किन्छ , घरमा परिवार, प्रेमिका, साथीभाइसँग भुलिन्छ । महिना दिन जती रमाइलो गरेपछि खेल कहिले होला भन्दै कुर्छ । यो कुराई ८–९ महिनासम्म चल्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘त्यो बीचमा केटोको खेल स्तर झरेर बारीको कान्ला पुगिसक्छ । यसरी ६–७ वर्ष बित्छ । केटोलाई अब परिवारले पैसा र प्रेमिकाले विवाहको दबाब दिन्छ । केटो केही नबोली विदेश लाग्छ । ए, बी र सी डिभिजन गरेर हामी करिब ६०० खेलाडीको कथा यही हो ।’
कुनैबेला नेपालका ठूला क्लबका साथै राष्ट्रिय टोलीका समेत भरपर्दा फरवार्ड रहेका जगजित अहिले फुटबल छोडेर अष्ट्रेलिया पलायन भएका छन् । उनीसँगै अहिले धेरै खेलाडी फलायन भएका छन् । यो क्रम चलिरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया