युएईको लिगका लागि सन्दीप मार्की खेलाडी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई युएईमा आयोजना हुने इन्टरनेसनल लिग (टि–ट्वान्टी)का लागि मार्की खेलाडीको रुपमा अनुबन्ध गरिएको छ ।
युएईको फ्रेन्चाइज क्रिकेटका लागि लेग स्पिनर सन्दीप मार्की खेलाडीको रुपमा अनुबन्ध भएको युएईको क्रिकेट संघले जनाएको छ ।
प्रतियोगिता जनवरी ६ देखि फेब्रुअरी १२ तारिखसम्म दुबई, अबुधावी र शारजाहमा हुने संघले जनाएको छ ।
विभिन्न ६ टोलीको सहभागिता रहने प्रतियोगितामा सन्दीपसहित २० खेलाडीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरिएको हो ।
प्रतियोगितामा कुल ३४ खेल हुनेछन् । यो पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिग हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया