फोहोर बोकेका काठमाडौं महानगरपालिकाका सवारीसाधनमाथि तोडफोड
काठमाडौं । फोहोर बोकेका काठमाडौं महानगरपालिकाका गाडी र सडक मर्मतमा प्रयोग भएका डोजरमाथि तोडफोड भएको छ । सिस्डोल–बञ्चरेडाँडा सडकखण्डअन्तर्गत पर्ने आलेटारमा मंगलबार बिहान महानगरपालिकाका सवारीसाधनमाथि तोडफोड भएकाे हाे ।
काठमाडौं महानगरपालिकाले फोहोर बोकेका १४ र सडक मर्मतमा प्रयोग भएका तीन सवारी साधनमाथि तोडफोड गरिएको जनाएको छ ।
ताेडफाेड गर्नेकाे पहिचान भने खुलेकाे छैन ।
काठमाडौं महानगरपालिकाका मेयरमा बालेन्द्र साह निर्वाचितपछि स्थानीयका माग सम्बोधन गर्ने सहमतिमा फोहोर उठ्दै आएकोमा अहिले फेरि अवराेध गरेका छन् । यसअघि गरिएकाे सहमति कार्यान्वयनमा महानगरपालिकाले उदासीनता देखाएको आरोप स्थानीयकाे छ ।
फोहोर व्यवस्थापनमा सहजता नहुँदा काठमाडौं उपत्यकामा केही समयदेखि फोहोरको डंगुर थुपिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया