चुनावको चटारो
एमाले १० औं दलको रुपमा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने उद्देश्यले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरू मंगलबार निर्वाचन आयोग पुगेर दल दर्ता गरेका हुन् ।
यससँगै, आयोगमा नयाँ दर्ता भएका राजनीतिक दलमध्ये एमाले १० औँमा परेको छ ।
आयोगले निर्वाचनका लागि आइतबारबाट दल दर्ता प्रक्रिया सुरु गरेको थियो । सबैभन्दा पहिले सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया