बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा
काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री नीतिशले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सत्ताको प्रमुख घटक भारतीय जनता पार्टी (भाजपा)सँग मतभेद बढेपछि गठबन्धनमा सहभागी जनता दल युनाइटेडले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो ।
उक्त बैठकले एनडिए गठबन्धन छाड्ने निर्णय गरेपछि उक्त निर्णयलाई आत्मसाथ गर्दै नीतिशले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया