गठबन्धनमा सहभागी हुन बाबुरामको कसरत, देउवालाई भेटे
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरूले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा उनीहरूबीच सत्ता गठबन्धन, आगामी निर्वाचनमा चुनावी तालमेल, समसामयिक राजनीतिक विषयमा छलफल भएको समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।
भेटमा प्रधानमन्त्री देउवाले सो पार्टीलाई गठबन्धनमा सामेल गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको र यस सम्बन्धमा गठबन्धनका अन्य घटकसँग पनि सल्लाह गर्ने बताएको केन्द्रीय सदस्य पाण्डेले बताए ।
समाजवादी पार्टीका अध्यक्ष भट्टराईले सत्ता गठबन्धन बनाउन आफूहरुको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहकार्यका लागि इच्छुक रहेको बताएका थिए । भेटमा समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी थिए । डा. भट्टराईलगायतका नेताहरूले जनता समाजवादी पार्टीबाट हालै अलग भएर सो पार्टी स्थापना गरेका थिए ।
कांग्रेसले लोसपा र माओवादीले नेसपाको नाम लिए, सत्ता गठबन्धन सातदलीय हुने संकेत
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया