गठबन्धनमा मिसिने प्रयास गरिरहेका बाबुरामले भने, ‘देउवासँगको भेट सार्थक’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएपछि डा. बाबुराम भट्टराईले नयाँ दल नेपाल समाजवादी पार्टी (नेसपा) दर्ता गराएका छन् ।
यससँगै उनले आफ्नो नयाँ दललाई सत्ता गठबन्धनकै हिस्सा बनाउने निर्णय गरिसकेका छन् ।
यसैबीच, भट्टराईले मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार गएर भेटेका छन् ।
पार्टीकै नेता महेन्द्र राय यादवलाई पनि लिएर देउवालाई भेट्न गएका भट्टराईले भेटवार्ता सार्थक भएको बताएका छन् ।
‘नेसपाको शीर्ष नेतृत्व र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सार्थक भेटघाट !’, उनले सामाजिक सञ्जालमा तस्बिर राख्दै लेखेका छन् ।
भट्टराईको दलसँगै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि गठबन्धनमा सहभागी हुन चाहिरहेको बताइएको छ । यस्तो भएका प्रमुख प्रतिपक्षी कएमाले झनै एक्लिने देखिन्छ ।
कांग्रेसले लोसपा र माओवादीले नेसपाको नाम लिए, सत्ता गठबन्धन सातदलीय हुने संकेत
प्रतिक्रिया