अमेरिकामा मङ्कीपक्सका सङ्क्रमितमध्ये ९९ प्रतिशत पुरुष
लस एन्जलस । अमेरिकामा देखिएका मङ्कीपक्सका सङ्क्रमितहरमध्ये ९९ प्रतिशत सङ्क्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ ।
यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त कुरा देखिएको हो । सो अनुसन्धान रिपोर्टमा देखाइएअनुसार यसरी पाइएका ९९ प्रतिशत मङ्कीपक्सका सङ्क्रमितहरुमा पनि पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ ।
अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्मको तथ्याङ्का गरिएको अनुसन्धानमा यो तथ्य भेटिएको हो । अमेरिकामा पछिल्लो समयमा मङ्कीपक्सका सङ्क्रमितहरु भेटिने क्रम बढ्दो रहेको छ । अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ ।
पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा मात्र मङ्कीपक्सका आठ हजार नौसय भन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया