कांग्रेस र एमालेबीच दोस्रोपटक वार्ता हुँदै, को-को छन् सहभागी ?
काठमाडौं । एमसिसीको विषयमा बढेको तिक्तताले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहितका दल एक ठाउँमा बस्न नसकिने निष्कर्ष निकालिएको छ ।
संसद् बैठकलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा प्रधानमन्त्रीले शेरबहादुर देउवाले अब नयाँ हिसाबमा अघि बढ्ने बताएका थिए । यसका लागि अहिले साँझ नै एमालेसँग निर्णायक वार्ता भइरहेको छ ।
ओलीले आज प्रधानमन्त्री देउवासँग दोस्रोपटक वार्ता गर्न गरिहेका छन् ।
यसअघि पनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालसँग अध्यक्ष ओलीको छुट्टाछुट्टै ‘वान टु वान’ छलफल भएको थियो । शीर्ष नेताबीच ‘वान टु वान’ भेटपछि एमाले–कांग्रेस र एमाले–माओवादीका अन्य नेता सहभागी भएर छुट्टाछुट्टै छलफल भएको भेटमा सहभागी एमालेका नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
तर माओवादी केन्द्रसँग कुरा नमिलेपछि अहिले एमाले अध्यक्ष ओलीसँग देउवाले वार्ता गरिरहेका छन् ।
बालुवाटारमा जारी वार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र नेता नेम्वाङ समभागी छन् ।
कांग्रेसको तर्फबाट सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँगै उपसभापति पूर्णबहादुर खड्क, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया