जापानबाट फर्किएका प्रचण्डले भने, ‘त्यहाँको संसदीय प्रक्रिया बुझेँ, फोहर व्यवस्थापन गर्न सहयोग मागेँ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचदिने जापान भ्रमण फलदायी भएको बताएका छन् ।
बुधबार स्वदेश फर्किएलगत्तै काठमाडौंको त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफ्नो भ्रमणका क्रममा जापानी विदेश विभागका अधिकारी तथा एक सांसदसँग भेटवार्तासँगको भेट फलदायी भएको बताएका हुन् ।
सो क्रममा आफूले जापानको संसद् भवनको भ्रमण गरेको जानकारी दिँदै प्रचण्डले एक सांसदसँग त्यहाँको संसदीय पक्रिया बुझेको जानकारी दिए ।
‘एकजना सांसदले मलाई संसद् भवनमा स्वागत गर्नुभयो । उहाँ जापानका चल्तापुर्जा सांसद हुनुहुँदोरहेछ । उहाँले मलाई त्यहाँको संसदीय प्रक्रियाबारे ब्रिफिङ गर्नुभयो,’ उनले भने ।
आफूले जापानको लिबरल डेमोक्रेटिक पार्टीका पूर्वमहासचिवसँग पनि भेटेको प्रचण्डले जानकारी दिए ।
जापान फोहर व्यवस्थापनमा अग्रणी रहेको बताउँदै प्रचण्डले त्यहाँका अधिकारीहरूसँगको भेटमा आफूले फोहर व्यवस्थापनमा सहयोग मागेको जानकारी दिए ।
‘जापान फोहोर व्यवस्थापनमा विश्वकै अग्रणी रहेछ । मैले हामीलाई पनि तत्काल सहयोग गर्नुप¥यो भने,’ उनले भने ।
कुनैबेला संसदीय व्यवस्थाविरुद्ध बन्दुक उठाएका प्रचण्डले सोही व्यवस्थाको प्रशंसा गर्दै जापानबाट फर्किनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्ड गत साउन २० गते राति जापानको भ्रमणमा गएका थिए ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया