भीम रावलले भने : भारतसँगको सीमानामा काँडेतार लगाउनुपर्छ
काठमाडौं । नेकपा (एमाले)का नेता डा. भीम रावलले नेपालले भारतसँगको आफ्नो सीमानामा काँडेतार लगाउनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘भारतले बंगलादेशसँगको आफ्नो सीमानामा काँडेतार लगाएको छ । अब नेपालले पनि भारतसँग आफ्नो सीमानामा काँडेतार लगाउनु पर्छ,’ उनले भने ।
सीमानामा काँडेतार लगाउनु केवल फलामे तार लगाउने नभएको बरु यो देशको सुरक्षाको अभिव्यक्ति भएको रावलले स्पष्ट पारे ।
‘धेरै राष्ट्रहरूले आफ्नो सीमाको रक्षाको लागि पर्खाल लगाएका उदाहरण छन्,’ उनले स्पष्ट पारे ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावल पछिल्लो समय राष्ट्रवादी मुद्दा लिएर अघि बढिरहेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया