सकारात्मक भए पनि निर्णायक भएन कांग्रेस र एमालेबीचको दोस्रो वार्ता
काठमाडौं । बालुवाटारमा आज दोस्रोपटक भएको सत्तारुढ कांग्रेस र प्रतिपक्षी एमालेबीचको छलफल टुंगिएको छ ।
एमसिसी पारित गराउने सहमति जुटाउनेगरी निर्णय वार्ता भएको भए पनि दुवै पार्टीका नेताहरु निष्कर्षमा पुग्न सकेनन् ।
यद्यपि, छलफल सकारात्मक ढंगले टुंगिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गर्न सघाउन आग्रह गरेका थिए ।
त्यसको जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले राखेका माग सम्बोधन गरिदिन आग्रह गरेका थिए ।
तथापि, एमसिसी पारित गर्ने र संसद्लाई प्रभावकारी बनाउने विषयमा निरन्तर छलफल गर्ने सहमति भएको मन्त्री कार्कीको भनाइ छ ।
वार्तामा एमालेका अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र नेता नेम्वाङ समभागी थिए ।
कांग्रेसको तर्फबाट सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री कार्की थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया